कुशुम वि.क.
बर्दिया ८ माघ । छिमेकी देश भारतको उत्तर प्रदेशसग सीमा जोडिएको नेपाल भारत सीमा नाकामा माघ १२ गते विहान ७ वजे देखि ४८ घन्टाका लागी बन्द गरिने भएको छ ।
निर्वाचनलाइ मध्यनजर गर्दै शान्ति सुरक्षा प्रदान गर्न भारतको बहराइच जिल्लाको नानपारामा बसेको नेपाल भारत सुरक्षाकर्मिको बैठकमा सो निर्णय गरिएको वोहराले बताउनु भयो ।
साथै उहाले सो अवधिमा अत्यावश्यक साधन एम्बुलेन्स बाहेक अन्य सवारी साधन आउ जाउ तथा मानिस आउ जाउमा मा पनि रोक लगाइएको जानकारी दिनु भयो ।