बैतडी, ८ माघ । अछामको घुघुरकोट गाविसमा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका घर नजिकैको जंगलमा गएका बेला घुघुरकोट–६ का ध्वजे आउजीलाई चितुवाले आक्रमण गरेको हो ।
उनको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ । बाब्ला, खप्तड, देविस्थान, बुढाकोट र आसपासका गाविसहरुमा अहिले चितुवाले आक्रमण गर्ने गरेको छ ।