माधव वेल्वासे
कपिलवस्तु, ८ माघ । मानब बेचबिखन तथा ओसारपोसार बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको के.आई नेपाल र नेपाल प्रहरी को संयुक्त टोलीको सक्रियतामा नियन्त्रणमा लिएका बिचौलीयाहरु पछिल्लो समय धमाधम जिल्ला अदालत तौलिहवाले दोषि ठहर गरि जेल चलान गरेको छ ।
अभियुक्तले पिडीतहरुसंग चिनजान गरि समय समयमा रिचार्ज गरिदिने काठमाण्डौ लगायत ३ ठाउमा घर भएको र भारतमा आपःनै कम्पनी भएको भनी बिभिन्न किसीमबाट प्रलोभनमा पारि तत्कालिन समयमा सिमा कटाउन लागेको के.आई नेपालको जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिए ।
सिमा कट्दै गर्दा नियन्त्रणमा लिर्ई मानब बेचबिखन तथा ओसार पोसारमा मुद्धा दर्ता गरि कानुनी प्रकृया अगाडी बढेको थियो । पिडीतको बयान र प्रहरिको अनुसन्धानलाई आधार मानी मिती २०७३ पुष ५ गते बिशमंगल आत्रय को इजलासले अभियुक्त बेल बहादुर बि.क लाई १० बर्ष जेल सजाय र रु ५० हजार जरिबाना फैसला सुनाएको छ भने अर्कि घोराहि ११ दाङ्ग बस्ने देवा भन्ने सिता गिरीलार्ई पनि मानब बेचबिखन तथा ओसार पोसार संलग्नताको आधारमा बिशमंगल आत्रय को इजलासले एक बर्ष जेल र २५ हजार जरिबाना सहित फैसला गरेको छ । भने हाल पिडितहरु मध्ये ३ जना अभिभाबकसंग रहेको र एक जनाले के.आई नेपालको सुरक्षित गृहमा राखि आत्मा निर्भरका लागी आयमुलक सिप सिकी पुन समुदायमा गएर ब्याबसाय गरेको के.आई नेपालका कपिलबस्तु जिल्ला संयोजक केसर बिशकर्माले जानकारि दिए ।