काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा, बर्दिबास खण्डको रेलवे लाइनको रुट परिवर्तनका लागि आफूले कुरा गर्ने बताएका छन् । धनुषा क्षेत्र नं.–७ को सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
त्यसका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय र रेलवे विभागका प्रतिनिधिहरुलाई बोलाएर कुरा गर्छु, आवश्यक परे भारतीय रेलवे विभागसँग पनि समन्वय गरेर समस्या समाधानका लागि पहल हुनेछ ।’
भेटमा सर्वदलीय प्रतिनिधि मण्डलले जयनगर जनकपुर, बिजुलपुरा बर्दिबास खण्डको रेलवे लाइन साविककै स्थानबाट अगाडि बढ्दा ठूलो बस्ती बिस्थापित हुने र राज्यलाई मुआब्जाको भार पनि बढी पर्ने भएकाले बैकल्पिक मार्गको व्यवस्थाका लागि आवश्यक पहल गरी दिन अनुरोध गरेको थियो