काठमाडौं, ६ माघ । नेपाल आयल निगमले दाङसहित ६ जिल्लामा खाना बनाउने ग्याँसको मूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरमा अब प्रतिसिलिण्डर १२ सय ७५ र रुपन्देहीमा १३ सय ५ रुपैयाँमा सिलिण्डर पाइने आयल निगमले जनाएको छ ।
यी जिल्लामा ग्यासको भाउ घटे पनि अन्त भने नघट्ने प्रवक्ता खनालले जानकारी दिए । अरु जिल्लामा ग्यास प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँ छ ।