प्रेम गर्ने प्रमिले त माया पो गर्छ । तर यहाँ आफ्नै प्रेमीले प्रेमिकालाई चक्कु प्रहार गर्दै आएको छन् । त्यो पनि एक पटक होइन ३२ /३२ पटक । अमेरिकाको फ्लोरिडा सहरमा बस्ने २० वर्षीया युवती मेसिला डोमेलाई आफ्नै प्रेमी रोबर्ट बर्टनले ३२ पटकसम्म चक्कु प्रहार गरेका छन्। जसबाट उनी गम्भीर घाइते भएपछि बाँच्न सफल भएकी छिन्।
सुरुमा इमान्दार लागेर प्रेम गरेकी मेलिसाले पछि बर्टनले झुट बोल्ने गरेको थाहा पाएपछि छाडि दिएकी दिइन्। निकै लामो समयपछि अन्तिम पटक भेट्न उनलाई भनेकी थिइन्।
भेट हुने वित्तिकै युवकले ढोका बन्द गरेर युवतीलाई पिट्न थालेको बीबीसीले जनाएको छ। कुटपिट गर्न थालेपछि सुरुमा युवतीले प्रतिकार गरिन्। युवकले धारिलो छुराले उनीमाथि निरन्तर आक्रमण गर्न थाले।
३० भन्दा धेरै पटक उनीमाथि आक्रमण भयो। जसबाट युवती घाइते भइन्। तर उनले चिच्याउन भने छाडिनन्। चिच्याएपछि प्रहरीले उनलाई उद्धार गरेको थियो।