काठमाडौं, ६ माघ । पार्टी निर्देशन अवज्ञा गरेको भन्दै नेपाः राष्ट्रिय पार्टील सांसद लक्ष्मण रजवंशीलाई पार्टीबाट निष्कासित गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रिय समिति बैठकले उनलाइ पार्टीबाट निष्कासन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
उनलाई सांसद पदबाट समेत निष्कासित गरिएको पार्टीले जनाएको छ । उनी पार्टीको समानुपतिक तर्फबाट सांसद बनेका थिए । प्रेस विज्ञप्तिमा संसदमा टेबुल गरिएको संविधान संशोधन प्रस्तावका सम्बन्धमा पार्टीबाट लिखित रुपमै दिइएको निर्देशनलाई अवज्ञा गरी नेवाः प्रदेश तथा पहिचानवादी आन्दोलनका विरोधी गठबन्धनमा आवद्ध भई पहिचान विरोधी गतिविधिहरुमा संलग्न भएर पार्टीको नीति, उद्देश्य र सिद्धान्त विपरित कार्य गरेकोले आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई निष्कासन गर्ने सर्वसम्मत निर्णय गरिएको उल्लेख छ ।’