Indrenionline.com

अंग्रजी लेखन र अनुसन्धान बिधी सेमीनारको समापन

इन्द्रेणी संवाददाता
दाङ, १४ जेठ
बिश्व विद्यालय अनुदान आयोगको सहयोग तथा महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनामा बुधबार देखी घोराहीमा सञ्चालन भएको अंग्रेजी लेखन र अनुसन्धान बिधी तथा शिक्षामा सूचना, सञ्चार प्रबिधीको उपयोग सम्बन्धी सेमीनार सुक्रबार समापन भएको छ ।writting

सेमीनारको अनुसन्धानका लागि अंग्रेजी लेखन, अनुसन्धान बिधी तथा शिक्षामा सूचना, सञ्चार तथा प्रबिधीको प्रयोग, अंग्रेजीमा थेसिस लेखन, व्यबस्थापनमा अनुसन्धान लगायतका बिषयमा डा। धर्म अधिकारी, जगधीस पोख्रेल, प्राध्यापक जीबलाल सापकोटा, सहप्राध्यापक डा। ध्रुब गौतम, प्राध्यापक डा। धरणीकुमार शर्मा, प्राध्यापक डा। शिब कुमार सुबेदी, प्राध्यापक डिलाराम भट्टराई तथा सह प्राध्यापक निर्मल देबकोटाले सहजीकरण गर्नुभएको थियो ।

३ दिन सम्म चलेको सेमिनारमा अनुसन्धान कार्य, अंग्रजी लेखन, शिक्षामा सूचना तथा सञ्चारको उपयोग आदी बारे सिक्न चाहने ५० बढीको सहभागिता रहेको थियो । तालिमको समापन अबसरमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । समापन अबसरमा बोल्दै क्याम्पस प्रमुख बिमल सुबेदी लगायतका बक्ताहरुले क्याम्पसले अनुसन्धान आयोगको सहयोगमा अनुसन्धान बिषयमा सृजतात्मक काम गर्ने अबसर पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।।