काठमाडौँ, ६ माघ । नेपाल टेलिकमले माघ २२ गतेदेखि जिएसएम प्रिपेड मोबाइलमा पनि चौथो पुस्ता अर्थात फोरजी सेवा उपलब्ध गराउने भएको छ।
पुस १७ देखि शुरु गरिएको फोर–जी सेवा करिब १५ दिनमै ४१ हजार सेवाग्राहीले लिइसकेको र सेवा लोकप्रिय बन्दै गएको बताइएको छ। कम्पनीले यसका लागि काठमाडौंका ३ सय ८ र पोखराका ७९ ओटा बिटिएस टावरहरुको स्तरोन्नती गरेको थियो ।
३९ करोडको लगानीमा काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सुचारु गरेको थियो । त्यस्तै टेलिकमलाई व्यवस्थापिका संसदको विकास समितिले ८ महिनाभित्र देशैभर फोरजी पुर्याऊन निर्देशन दिएको छ ।