भोजपुर, ५ माघ । संयोग पनि कस्तो जंगलमा मृग भनेर गोली हान्दा आफ्नै साथीको ज्यान गएको छ । भोजपुरको उत्तरी दोभाने गाविसमा जंगलमा काठ काट्न गएका २७ वर्षे योगेन्द्र राईको भरुवा बन्दुकको गोली लागेर घटना स्थलमै ज्यान गएको हो ।
योगेन्द्रको ज्यान गएपछि फरार रहेका मदनबहादुर राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान कार्य अघि वढाएको छ । घटनास्थलबाट दुईथान भरुवा बन्दुक समेत बरामद गरेको प्रहरीले जनाएको छ ।