चितवन, ५ माघ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभञ्ज्याङ गाविस– ५ कालिखोलाबाट गएराति त्रिशूलीमा खसेर बेपत्ता भएको ट्याङ्कर बुधबार बिहान ११ बजेतिर फेला परेको छ । ट्याङ्करभित्र सिटमा चालकसमेत मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्टेरीङ्मा च्यापिएको अवस्थामा चालक भेटिएका हुन । पानीले ट्याङ्करको पछाडिको भागमाथि उठाएकाले फेला पान सहज भएको र ट्याङ्करलाई किनारामा तानेर हेर्दा चालक मृत भेटिएको उनले बताए ।
ट्याङ्करका सहचालक अमलेखगन्जकै प्रदीप लामा भने पौडी खेलेर बाच्न सफल भएका छन् । दुर्घटनामा परी उनको खुट्टा भाँचिएको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।