काठमाडौं, ५ माघ । भूकम्पपछिको निजी आवास निर्माणका लागि सरकारले आज बुधबारदेखि दोस्रो किस्ताको रकम वितरण गर्दैछ ।
प्रक्रिया पूरा गरेका भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम वितरणका गर्न लागिएको र यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पुनर्निर्माण प्राधिकरणका सह–प्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिए । “हालसम्म पहिलो चरणको प्रक्रिया पूरा गरेर २० हजारभन्दा बढी प्रभावितले दोस्रो किस्ताका लागि निवेदन दिइसकेका छन् ।”