एजेन्सी, ५ माघ । नेपालका चर्चित र्याप गायक यम बुद्धकोे आत्महत्याबाटै मृत्यु भएको पुष्टि भएको छ। पोष्टमार्टममा सहभागी चिकित्सक टोलीले यम बुद्धको परिवारलाई यो जानकारी दिएको हो। यम बुद्धकोे शव लण्डनस्थित आफनै घरको बाथरुममा गत शनिवार झुण्डिएको अवस्थामा फेला परेको थियो।
उनी शुक्रबार राति १२ बजेतिर काम सकेर घर आएका थिए। सुत्नुअघि उनले श्रीमतिसँग वाइन पिएका थिए। शनिवार बिहान ६ बजेतिर उनी झुण्डिएको अवस्थामा बाथ रुममा भेटिएका थिए।