दाङ, ५ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अवको केही दिनमै प्रमुख राजनीतिक दलहरु एक ठाँमा आउने दावी गरेका छन् ।
‘अव सहमतीको प्रक्रिया अन्तिम चरणमा पुगीसकेको छ, मधेशवादी दलहरु पनि अव सहमतीको नजिक आइसकेको छ, संभवतः एक सातामै सहमतीको ढोका खुल्ने छ’—नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले भने , ‘त्यसका लागि मिडियाहरुले पनि समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’