काठमाडौं, ५ माघ । उच्च अदालतमा नियुक्त भएका ८० जना न्यायाधीशले बुधबार शपथ लिँदैछन् । सर्वोच्च अदालतमा दिउँसो हुने समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले उनीहरुलाई शपथ गराउने कार्यक्रम छ ।
परिषदले कानुन, न्याय र सरकारी वकिल समूहका विशिष्ट श्रेणी, सहसचिव, पूर्वन्यायाधीश र कानुन व्यवसायीलाई समेटेर उच्च अदालतमा नियुक्तिको सिफारिस गरेको थियो ।
नियुक्ति असमावेशी भएको भन्दै नेपाल बारले विरोध जनाएको छ भने सरकारी वकिलहरुले निर्णय पुनर्विचार नभए बेन्च बहिष्कार गर्ने चेतावनी दिएका छन् ।