Indrenionline.com

चन्द्रमामा पुग्ने अन्तिम व्यक्ति जीनको निधन

एजेन्सी, ४ माघ । अमेरिकी अन्तरिक्ष यात्री जीन सर्ननको निधन भएको छ । स्वास्थ्य समस्याका कारण सोमवार ८२ वर्षको उमेरमा उनको निधन भएको बताइएको छ । सर्नन चन्द्रमामा पुग्ने अन्तिम व्यक्ति थिए ।

त्यस्तै अमेरिकी स्पेस एजेन्सी नासाले पूर्व अन्तरिक्षयात्रीको निधन दुखद भएको बताएको छ । क्याप्टेन सर्नन ती तीन अन्तरिक्ष यात्री मध्ये एक हुन्, जो चन्द्रमामा दुई पटक पुगेका थिए । १९७२ को यात्रामा चन्द्रमाको धरातल छाड्ने अन्तिम व्यक्ति हुन् ।

अहिलेसम्म १२ जना चन्द्रमामा पुगेका छन्, जसमध्ये ६ जना जीवितै छन् । उनी अपोलो १७ मिसन पहिले सर्नन अन्तरिक्षमा १९६६ र १९६९ मा गइसकेका थिए ।