काठमाडौं, ४ माघ । आजदेखि काठमाडोंमा अन्तर्राष्ट्रिय हिउँचितुवा सम्मेलन हुने भएको छ । विश्वबाट हिउँचितुवा लोप हुन नदिन संरक्षण र साझा उद्देश्यलाई जोड दिंदै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।
मन्त्रालयका सहसचिव तथा वन्यजन्तुविद् महेश्वर ढकालले हिउँचितुवाको संरक्षण र व्यवस्थापनका लागि विश्वका विभिन्न देशको साझा एजेन्डा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।