काठमाडों, ४ माघ । न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक न्यादी हाइड्रोपावर लि र चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिबीच आज ठेक्का सम्झौता भएको छ। लमजुङको बाहुनडाँडास्थित न्यादी खोलामा निर्माण गर्न लागिएको ३० मेगावाट क्षमताको आयोजनाको भौतिक निर्माण, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कार्यका लागि सम्झौता भएको हो।
यस आयोजनाका लागि जग्गा खरिदको कार्य, पहुँचमार्गको निर्माण, विद्युत्खरिद बिक्री सम्झौता, सुपरीवेक्षण परामर्शदाताको नियुक्ति र वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भइसकेको छ। यो नदीको वहावमा आधारित आयोजना हो। आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ।