काठमाडौं, ४ माघ । धादिङको खाल्टे–५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा ज्यान गएको छ ।
ट्रमा सेन्टरमा अन्य १७ जना घाइतेको उपचार भइरहेको छ । यस्तै दुई जना घाइतेको धादिङमा नै उपचार भइरहेको छ भने ३ जना उपचारपछि घर फर्किएका छन् ।
सोमबार बेलुका सरदमुकाम धादिङबेसीबाट खाल्टे गाविसको फ्याक्सेका लागि छुटेको बा ३ ख ८२६३ नम्बरको बस दुर्घटनामा परेको थियो ।