जाजरकोट, ३ माघ । केही समय पहिले वाँके नौवस्ता ८ वोरिङका तुलसा शाहीवाट जिल्लाको सीमा १ छेडाबाट सात किलो चरेससहित प्रहरी फन्दामा परे । जाजरकोटबाट बाहिरी जिल्लामा चरेस लैजाने क्रममा सीमा प्रहरी चौकीले खानतलासी गर्दा शाही प्रहरीको फन्दामा परे ।
डम्मरी मात्रै होइन यहाँका स्थानीयहरुलाई तस्करहरुले पछिल्लो सयममा भरिया बनाएर फसाउने गरेका छन् । कतै भरिया बनाएर त कतै गाउँका सोझासाझा जनलाई अफिमको विऊ विक्री गरेर लागुऔषध तस्करहरुले फसाइ रहेका छन् ।
पछिल्लो समयमा पश्चिम नेपालको दुर्गम जजाजरकोट जिल्लामा अत्यधिक लागुऔषध तस्करी हुने गरेको छ । त्यो पनि तस्करहरुको सर्वसाधारण जनतालाई प्रयोग गर्दै तस्करी गरिरहेका छन् । यसले यो जिल्लालाई नै तस्करहरुले लागुऔषधको ‘ट्राञ्जिट प्वाइट’ बनाउदै छन् ।
तस्करहरुले जिल्लालाई नै लागुऔषधको ‘ट्राञ्जिट प्वाइट’ बनाउन खोज्दैछन्, यसमा हामी सजक हुन जरुरी छ’, नागरिक अगुवा राजेन्द्र विक्रम शाहले भने ।