काठमाडौं, २ माघ । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले वन्यजन्तुको छालासहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वरबाट रेडपाण्डाको छालासहित दुई जना र काठमाडौंको नरेफाँटबाट ओतको छालासहित एक जना गरी तीन जनालाई सिआइबीले पक्राउ गरेको हो ।
यस्तै, दुर्लभ वन्यजन्तु ओतको छालासहित प्रहरीले रामेछाप कठजोरका चन्द्रबहादुर रोकालाई पक्राउ गरेको छ । काठमाडौंको नरेफाँटबाट उनलाई दुर्लभ वन्यजन्तु ओंतको एउटा छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।