काठमाडौं, २ माघ । उपचारको क्रममा कुवेतमा एक नेपालीको ज्यान गएको छ । धनुषाको गोपालपुर ४ का बिसुन यादवको आदान अस्पतालमा शुक्रबार निधन भएको हो ।
मृतक यादव कार्यरत कम्पनी सम्पर्कमा आएको र आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल फर्काउने पहल भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।