दीपक शर्मा
बर्दिया २ माघ । नेपालमा –याप गीतको जग बसाल्ने यम बुद्धको नामले चर्चा पाएका गायक अनिल अधिकारीको निधनले नेपालमा –याप गीतको एउटा तार चुडेको छ ।
बेलायतको राजधानि लन्डनमा श्रीमती सगै वस्दै आएका २९ वर्षिय यमबुद्ध वाथरुममा झुन्डिएको अवस्थामा फेला परेको स्थानिय प्रहरीले बताएको छ । अष्ट्रेलियामा रहेका यमबुद्धका जेठान रेश मरहठठाले मृत्यु भएको पुष्टि गर्दे हत्या हो वा आत्महत्या रिपोर्ट पछि मात्रै थाह हुने बताउनु भयो ।
नेपाली युवाहरुका विचमा निकै लोकप्रिय रहेको यमवुद्धको सिकाइ गर्दै थुप्रै युवा युवतिहरुले पनि पछिल्लो पटक –याप गीत मार्फत सन्देश जगाउदै आएका छन ।