रुकुम, २ माघ । रुकुमको मुसीकोट नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करीब १२ करोड विनियोजन गरिएको छ ।
गतवर्ष रू। १० करोड ४९ लाख ५४ हजार १ सय ९० रुपैयाँ रहेको नगरपालिकाको बजेट यस वर्ष झण्डै २ करोड रुपैयाँ वृद्धि भएको हो । नगरपालिकाले आगामी आवमा सडक निर्माण तथा ढल निकासलगायतको क्षेत्रलाई प्राथमिकता दिएको कार्यकारी अधिकृत पौडेलले बताए । बजेट विनियोजन गर्नु मात्र ठूलो विषय नभएको भन्दै यसको कार्यान्वयनका लागि नगरवासी, स्थानीय राजनीतिक दललगायतको सहयोग आवश्यक भएको उनको भनाइ छ ।