एजेन्सी, २ माघ । अत्यन्त चर्चामा रहेका र्याप गायक अनिल अधिकारीको लण्डनमा रहस्यमय मृत्यु भएको छ। यम बुद्ध भनेर चिनिने २९ वर्षीय मोरङ घर भएका अधिकारी लण्डन साउथ हयारोस्थित आफ्नै घरको बाथरुममा शनिवार बिहान मृत अवस्थामा फेला परेका हुन्।
अधिकारीको नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा आउने जानकारी फेसबुकमा उनले तीन दिन अगाडि मात्र पोष्ट गरेका थिए। उनका फुटपाथ मेरो घर, साथी, आमा, मेरो जुत्तामा, आउँदैछु म, नाचन, लगायत कयौं गीतहरु हिट छन्।