Indrenionline.com

श्रीमतिकै अगाडी श्रीमानको विभत्स हत्या भएपछि……..

महोत्तरी, २ माघ । महोत्तरीको हत्तिसर्वा(वडा नं. ७ संग्रामपुरमा अज्ञात समुहले धारिलो हतियार प्रहार गरी श्रीमतीकै अगाडि श्रीमानको हत्या गरेको छ ।

गएको शुक्रबार साँझ साँढे ८ बजेको समयमा संग्रामपुरका २८ वर्षका अञ्जनी मिश्राको हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुई तीन जानको संख्यामा आएको अज्ञाल समूहले मिश्राको घरमै हत्या गरेको प्रहरीले जनाएको छ। मिश्रालाई धारिलो हतियारले शरीरका विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको छ।

मिश्रा केही समयअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। मिश्राकी श्रीमतीले घटनाबारे केही बताउन सकेकी छैनन्। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।