काठमाडौं । विश्व प्रेस काउन्सिलका पदाधिकारी तथा बंगलादेश, भारत र साईप्रसबाट आएको भ्रमणदलको शुक्रवार चितवनमा स्वागत गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट चितवन पुगेको टोलीलाई श्रीजंग गणका प्रमुख सेनानी माधव थापाले राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले योगदानबारे र विपद् व्यवस्थापनका सम्वन्धमा रुद्र गुरुङ्ले प्रस्तुति गरेका थिए । चितवनको कसरामा आयोजित उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रममा संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बन्यजन्तुको संरक्षणमा सेनाको भूमिकावारे धारणा राख्नुभएको थियो । पाहुनाहरुलाई कार्यक्रम लगत्तै जंगल यात्रा गराएको थियो ।