काठमाडौं, १ माघ। चाहे केटा होस् चाहे केटी । प्रेममा बाँधिएका छन् भने कसैले पनि आफ्नो प्रेमी प्रेमिका जेलभित्र कोचिएर बसेको मन पराउँदैनन् । सकेसम्म उनीहरु कानुनीरुपमै जेलमुक्त गराउन खोज्छन् । यदि सकेनन् भने गैरकानुनी बाटो अवलम्बन गर्न पनि पछि पर्दैनन् ।
भेनेजुयलाको उत्तरपूर्वस्थित जोसे एन्टोनियो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका थिए इब्राहिम जोसे भार्गस गार्सिया । उनकी प्रेमिका हुन् २५ वर्षीया एन्टोनिटा रोब्लेस साउदा । प्रेमी इब्राहिम कार चोरीको आरोपमा पक्राउ परेपछि उनलाई पर्नु पिर परेको थियो । झन उनलाई अदालतले नै ९ वर्षको जेल सजाय सुनाएपछि उनी विक्षिप्त अवस्थामा पुगिन् । उनले प्रेमी जोसेलाई छुटाउन गरेको प्रयास पनि सफल हुन सकेको थिएन । एक दिन उनी आफ्नो प्रेमी भेट्न जेलभित्र गइन् । उनको साथमा थियो ठूलो सुटकेस । सुटकेसभित्र उनले कपडा पनि टन्नै राखेकी थिइन् ।
जब उनले सुटकेस खोलिन्, सुटकेस भारी हुनुको पोल खुल्यो । सुटकेसमा उनकै प्रेमी बसेका थिए । राजधानीमा खवर छ । उनी अत्यन्तै अप्ठेरो साथ पोको परेर बसेका थिए । प्रेमीलाई अप्ठेरो नहोस् भनेर उनले टन्नै कपडा राखेकी थिइन् । त्यसपछि सुरक्षाकर्मीले तुरुन्तै इब्राहिमलाई जेलभित्र हुले । उनकी प्रेमिका एन्टोनिटा पनि पक्राउमा गरे ।