दाङ, १ माघ । आज माघे संक्रान्ति अर्थात माघी पर्व । मुलुकभर मनाइदैछ । विभिन्न जातजातिले आ–आफ्नो संस्कार अनुसार यो पर्व मनाउदैछन् ।
तरुल, गञ्जी चाकु, ढिकरी, विभिन्न मिठाइ, मासुलगायतका विभिन्न परिकार खाएर यो पर्व मनाइदन्छ । आज विहानै विभिन्न दह, खोलाहरुमा माघी नुहाउनेको भिड छ ।
दाङको वाह्रकुने दहमा विहानैदेखि माघी नुहाँउने र पुजाआजा गर्नेको भिड छ भने आज सो क्षेत्रमा मेला पनि लग्ने गर्दछ । त्यस्तै आज दाङको रिहारमा पनि भव्य मेला लाग्ने गर्दछ ।