संजय कुशवाहा
नवलपरासीको जिल्लाको त्रिवेणी सुस्ता ९ लक्ष्मीपुरमा खेल मैदान समुदघाटन तथा क्षेत्र स्तरिय फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ ।
खेल मैदान निर्माण समितिको आयोजना तथा कालिका युवा क्लबको सहयोगमा क्षेत्रिय फुटबल प्रतियोगिताको उदघाटन आज बाट सुरू भएको छ।
खेल मैदान निर्माण समितिका कोषाध्यक्ष ईश्वर प्रसाद उपध्यायको स्वागत मन्तब्य बाट सुरू भएको कार्यक्रमको संचालन सागर मणि पाण्डेले गर्नु भएको थियो ।
क्षेत्रिय फुटबल प्रतियोगितामा क्षेत्रका करिब १६ ओटा टिमको सहभागी रहने छ ।प्रतियोगितामा बिजयी टिमलाई १० हजार नगद ,सिलड र मेडल दिनेछ भने उपविजेता लाई ५ हजार नगद,सलड र मेडल दिने छ । सो प्रतियोगिता ७ दिन सम्म संचालन रहने आयोजकले जानकारी दिएको छ ।