काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायको आधुनिकीकरणबाट मात्रै आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण हुन सक्ने बताएका छन् । पोल्टी व्यवसायीहरुले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
कार्यक्रममा प्रधानमन्त्रीले पोल्टी व्यवसायलाई प्रोत्साहन गर्न केही समयका लागि आयकर छुट दिने व्यवस्था गर्ने जानकारी समेत दिए । कार्यक्रममा उर्जा सङ्कट निवारणमा सरकार र प्रधानमन्त्रीले सार्थक पहल गरेको भन्दै व्यवसायीहरुले प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए ।