अर्घाखाँची, २८ पुस । ऊर्जा मन्त्री जनार्दन शर्माले दुई सय ५० मेगावाट क्षमताको नौमुरे जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाइने बताएका छन् ।
बिहीवार अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा नेपाल प्रेस सेन्टरको पत्रकार सम्मेलनमा पञ्चायती शासनकै बेला २०४४ सालमा सर्वेक्षण गरेर निर्माण थालेपछि अलपत्र परेको आयोजना अब छिट्टै सञ्चालनको तयारीमा सरकार जुटेको ऊर्जा मन्त्री शर्माले जानकारी दिए ।
नेपालकै नमुना आयोजनाकारुपमा रहने नौमुरे जलविद्युत् आयोजना छिट्टै सञ्चालन ल्याउने गरी काम अघि बढिसकेको छु, उनले पत्रकार सम्मेलनमा भने, पश्चिमको सेती, नरसिङघाट, सल्यानको शारदा, उत्तरगंगा, अरुण(तमोर र बुढिगण्डकी लगातका परियोजना पनि निर्माण अघि बढाउन सरकारले द्रुत गतिमा काम थालिसकेको छ ।