रोल्पा, २८ पुस । नेत्रविक्रम चन्द विप्लव माओवादीले पार्टीको नाम परिवर्तन गर्ने भएको छ । अहिले नेपालमा धेरै माओवादी पार्टी भएको र नामका पछाडी व्यक्तिको नाम झुण्डाइने गरेकाले नाम परिवर्तन गर्न लागेको पार्टीले जनाएको छ ।
नाम फेर्ने बारे पार्टीभित्र बहस सुरु भएपनि यसको टुङ्गो भने आगामी फागुन १ गते काठमाडौंको खुला मञ्चमा उद्घाटन गरी ४ गतेदेखि रोल्पाको थबाङमा बन्द सत्रहुने पार्टीको ८ औं महाधिवेशनबाट मात्रै टुंगो लाग्ने उनले बताए ।