काठमाडौं, २८ पुस । सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ। अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो।
संयुक्त इजलासले मुलुकी ऐनसँगै लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२ ले महिलाबाट महिला बलात्कार हुनसक्ने अवस्था रहेको व्याख्या गरेको हो।
फोनबाटै चिनजान भएका लाक्पा अजय र यमुना ९नाम परिर्वतन० प्रेममा थिए। प्रेम सम्बन्ध अगाडि बढ्दै गएपछि दुवै जना विवाहको तयारीमा थिए। दुवैको सल्लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न मोरङबाट सङ्खुवासभा पुगेका थिए। आजको गोरखापत्र दैनिकमा समाचार छ । लाक्पा र यमुनाको योजना अनुसार नै विवाहको योजना अगाडि बढेको थियो।
भोलिपल्ट समाजमा कुरा चल्यो यमुनाको प्रेमी केटा हैन केटी हो। सुरुमा पत्यार नभए पनि लाक्पाको शरीर परीक्षण भयो। शरीर परीक्षणमा लाक्पा केटी भएको प्रमाणित भएपछि उनीविरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा मुद्दा चल्यो।