काठमाडौं, २७ पुस । राष्ट्रिय पर्व र चाड विदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।
कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।
पुनरावलोकन गर्दा कुन विदा राष्ट्रिय वा कुन विदा आञ्चलिकरुपमा दिने भन्ने पनि निक्र्यौल हुनेछ ।