स्याङ्जा, २७ पुस । गएको सोमबार एकसातापछि कार्यालय फर्केर आउने वाचा गर्दे कार्यालयबाट निस्केका स्याङ्जाका भूसंरक्षण अधिकृत कमलप्रसाद गौतम सोमबार साँझ रामनगरको बनमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
अघिल्लो सोमबार ९१८० गते मध्यान्ह १२ बजेतिर आफनै कार्यालयबाट बिभागतर्फ जाने भन्दै निस्केका गौतम बिभागमा पुगेनन् । १९ गते मंगलबार बिहान साढे ११ बजेसम्म मुग्लिङ बजारमा रहेकोे र त्यसपछि भने उनी वेखवर रहेको अनुसन्धानवाट खुलेको स्याङजा प्रहरी उपरीक्षक देवबहादुर वोगटीले बताए ।
पर्वत घर भएका गौतमका परिवार काठमाण्डौंमा बस्दै आएका छन् । करिब ५ बर्षदेखि जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जामा प्रमुख र्भै काम गर्नु भएका गौतमका २ छोरी १ छोरा र पत्नी छन् । घटना थाहा पाउने बित्तिकै उनका परिवार, आफन्त घटनास्थल पुगिसकेका छन् ।
घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अन्नपूर्णबाट