सल्यान- भिरबाट लडेर गए राति दुई मजदुरको ज्यान गएको छ । सल्यानको बाहुनघाटमा झोलुङ्गे पुल निर्माणमा संलग्न मजदुरको राति करिब ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कैलाली–६ थापाचौरका ४५ वर्षीय भरथरी चौधरी र ४४ वर्षीय लामारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।