बनेपा, २६ पस । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्थानीय स्वास्थ्य केन्द्र, अस्पतालहरुमा औषधि अभाव भएको सूचना आएको २४ घन्टाभित्र आपूर्ति गरिने बताएका छन्। उनले स्थानीयबासी र कर्मचारीहरुलाई भने, ‘गुनासो गर्नुस्, तत्काल आपूर्ति हुन्छ।’
उनले जिल्लाको कुनै पनि स्वास्थ्य चौकीमा औषधिका बारेमा उजुरी आउन नहुनेमा जोड दिँदै भने, ‘कुन स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो लेखेर दिनुहोस्, २४ घन्टामा नै औषधिको आपूर्ति गरिने छ।’ साथै, सोही कार्यक्रममा सहभागी स्वास्थ्य कर्मचारीहरुलाई औषधिको अभाव हुन नदिन निर्देशन समेत दिए।