काठमाडौं, २५ पुस । नेपाल टेलिकमले पनि आफ्ना ग्रहकका लागि ब्यालेन्स सकिँदा सापटी सुविधा दिने भएको छ । उक्त नयाँ सेवाको लागि नेपाल टेलिकमको प्रविधिक तयारी अन्तिम चरणमा पुगेको नेपाल टेलिकमले जनाएको छ ।
अहिले नेपाल टेलिकमले पनि त्यसैलार्ई पछ्याउँदै नेपाल टेलिकमबाट पैँचो लिने सुविधा सुरु गर्न लगेको हो । तर अहिले नै कति रकम रकमसम्म सापटी लिन पाउने भन्ने टुंगो लागि नसकेको टेलिकमका एक उच्च अधिकारीले बताए ।