काठमाडौं,२६ पुस । सात महिनादेखि भारतीय जेलमा २० जना नेपाली कामदार थुनिएका छन्। ज्यालावृद्धिको माग गरेपछि भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत उनीहरु सात महिनादेखि जेल परेका हुन् ।
भारतीय जेलमा रहेका आफन्तलाई भेटेर फर्केका कर्णबहादुर साउदले मजदुरीको पैसा बढाउनुपर्ने माग राखेकै आरोपमा उनीहरुलाई हडताल गर्न खोजेको आरोपमा जेलमा राखिएको बताए।