१३ जेठ, पाँचथर ।
पाँचथरमा जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा एक वालिकाको मृत्यु भएको छ भने ४ जना सिकिस्त विरामी परेका छन । जिल्लाको आङ्ना– १ की पदममायाँ माङ्लाककी पाँच वर्षीया छोरी सोनीको मृत्यु भएको हो ।
च्याउ खाँदा पदममायाँ, छोरा १६ वर्षीय रामप्रसाद, १३ वर्षीया छोरी कविता, आठ वर्षीया छोरी मनुषा बिरामी भएका छन् । उनीहरुको लाइफलाइन हस्पिटल पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पदममायाँ मालाङ्कले जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाँदा परिवार नै बिरामी परेका हुन् ।।