भरतपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यसँगै स्थानीय निर्वाचनको ढोका खुलेको बताएका छन् । आज बिहान पूर्वी चितवनको बीरेन्द्रनगरमा स्थापित जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरुको स्तम्भ अनावरण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
राजनीतिक विषयमा बोल्दै प्रधानमन्त्रीले भने, ‘हामीले संविधान जारी गर्नुपूर्व नै संशोधनको प्रतिवद्दता जाहेर गरेका थियौ। हाम्रो संविधान एक गतिशील दस्तावेज हो। संविधानको स्वीकार्यता बढाएर देशलाई एकतावद्ध गर्नु र आर्थिक समृद्धिको आधार तयार गर्नु सरकारको प्राथमिकता हो। त्यसका लागि सरकार क्रियाशील छ।’
चितवन विकास र राजनीतिको केन्द्र रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘चितवन राजनीतिक परिवर्तन र विकासका दृष्टिले केन्द्र रहँदै आएको छ। मैले छिटै चितवनको समग्र विकासको प्योकज ल्याउँदैछु। अब राजनीतिक विवादले आर्थिक समृद्धि ओझेलमा पर्नु हुँदैन। अबको युग विकास र समृद्धिको युग हो। यसलाई गहिरो आत्मसात गरि आर्थिक समृद्धिमा सबैको सहकार्य जरुरी छ।’