कालिकोट, २५ पुस । कर्णाली राजमार्गको सेरीघाटमा ट्याक्टर दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ । लु १ त ५७२२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको हो ।
ट्याक्टरमा बालुवा लोड गर्ने मजदुरको मृत्यु भएको जनाइएको छ । मृतकको नाम र ठेगाना खुल्न सकेको छैन । ट्याक्टरमा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाइएको छ ।