एजेन्सी, २५ पुस । इरानको पूर्वराष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो । राजधानी तेहरानको एक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।
१९८९ देखि १९९७ सम्म उनी राष्ट्रपतिमा भएका थिए भने सन् २००५ को चुनावमा हार व्यहोरेका थिए । पूर्वराष्ट्रपतिको निधनमा शोक व्यक्त गर्दै इरान सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।