कञ्चनपुर- कञ्चनपुरान चितवाको आक्रमणमा परी चारजना घाइते भएका छन् । भिमदत्त नगरपालिका–१ राजिपुरमा चितुवाको आक्रमणबाट प्रहरीसहित चार जना घाइते भएका हुन्।
आइतबार बिहान खेतमा पानी लगाउँदै गर्दा चितुवाले लालबहादुर सार्कीलाई पछाडिबाट आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सार्कीलाई आक्रमण भएपछि त्यसठाउँमा पुगेका प्रहरी हवल्दार शंकरदत्त मिश्रालाई पनि चितुवाले आक्रमण गरेको छ । हवल्दार मिश्रासहित तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् भने गणेश भाटको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।