काठमाडौं, २४ पुस । प्रकाशनले संस्थालाई आर्थिक व्ययभार कम गर्नका लागि ६९ जना कर्मचारी कटौती गरेको छ।
यसअघि गत साउनमा २२ जना अधिकृतस्तरका कर्मचारीलाई स्वेच्छिक अवकास दिइएको थियो। उनले उपदानसहित तीन महिनाको तलब दिने गरी कर्मचारीलाई स्वेच्छिक अवकाश दिइएको बताए।
उनले स्वेच्छिक अवकाश लिन कर्मचारीलाई तीन किस्तामा २०७४ पुस १३ गतेभित्र सम्पूर्ण रकम दिइने बताए। महाप्रबन्धकमा शर्माका अनुसार अहिलेसम्म एक ७२ जना कर्मचारीलाई स्वेच्छिक अवकाश दिइसकिएको छ। अब साझामा ८३ जना कर्मचारी बाँकी छन्।
साझाको स्तर उन्नति गर्नका लागि मङ्सिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयले ३० करोड रुपैयाँ दिने निर्णय गरेको थियो। रासस