एजेन्सी, २४ पुस । पोर्चुगलका पूर्वराष्ट्रपति मारियो सोएरिसको निधन भएको छ । पोर्चुगलको प्रजातन्त्रका पिताका रुपमा लिइने पूर्वराष्ट्रपति सोएरिसको ९२ वर्षको उमेरमा गएराति निधन भएको हो ।
उनी सन् १९८६ देखि १९९६ सम्म राष्ट्रपति बनेका थिए । उनालाई गएको महिना स्वास्थ्यमा समस्या देखिएपछि लिस्बोनको अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा स्वास्थ्यमा सुधारको संकेत देखिए पनि पछि उन कोमामा गएको र कोमामै रहेका बेला निधन भएको अस्पतालले जनाएको छ ।