काठमाडौँ- सरकारले आज बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।
त्यस्तै राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले पनि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग टेलिफोन वार्ता गरेका छन्। टेलिफोन वार्तामा प्रधानमन्त्री र कांग्रेस सभापति देउवाले आज बस्ने संसद बैठकमा संशोधन प्रस्ताव पेश गर्ने मौखिक सहमती भएको जनाएको छ ।
यता संसोधनको विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले कडा प्रतिरोध गर्ने तयारी गरेको छ । शनिवार अपरान्न वामदेव गौतम निवासमा आकस्मीक बैठक बोलाएर संसोधन प्रस्तावको कडा प्रतिरोध गर्ने बताएको हो ।