सिरहा, २३ पुस । इलाका प्रहरी कार्यालय मिर्चैयाको विशेष टोलीले ठूलो परिमाणमा अवैध काठसहित दुईजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सिरहाको बडहरामाल–१ रतनपुरस्थित झाडीमा परालले छोपेर लुकाएर राखेको अवस्थामा काठ बरामद गरिएको हो ।
प्रहरीले राति छापा मार्दा २० लाख रुपैयाँ भन्दा बढी मूल्यको काठ बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी गजुरसिद्धी बज्राचार्यले जानकारी दिए ।