काठमाडौं, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत ललितपुरका एकजना नायब सुब्बालाई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको छ ।
अर्याललाई अख्तियारको टोलीले सातदोबाटोस्थित बाजेको सेकुवा घरबाट घुससहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए । अख्तियारले अदालतकै कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको सम्भवतः यो पहिलो घटना हो ।